

भीमफेदीमा लोडर पल्टिदा चालकको मृत्यु

मकवानपुर – मकवानपुरको भीमफेदीमा बाटो सम्याउने क्रममा लोडर पल्टिदा एक जनाको मृत्यु भएको छ । भीमफेदी गाउँपालिका वडा नम्वर–३ कैलाशडाँडामा बुधबार राति लोडर पल्टिदा चालकको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
मृत्यु हुनेमा लोडर चालक भीमफेदी गाउँपालिका वडा नम्वर–३ चिलाउने बस्ने बर्ष २५ का राजेन्द्र तामाङ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरिक्षक जयश्वर रिमालले जानकारी दिए ।
हेटौंडा सिमेन्टको खानीतर्फ जाने बाटो सम्याउँदै हेटौंडातर्फ आउँदै गरेको उक्त लोडर अनियन्त्रित भइ पल्टिएको थियो । लोडर सडकबाट करिब एक सय मिटर तल खोल्सीमा खसेको प्रहरीले जनाएको छ ।
मृतक तामाङको शव पोष्टमार्टमका लागि हेटौंडा अस्पतालमा ल्याइएकाे र घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

