माधव नेपाललाई राजीनामा गराउने १६ सांसद तयार पार्न कठिन, एमाले स्थायी कमिटी बैठक


काठमाडौं– विपक्षी गठबन्धनले पर्खिरहेको एमाले माधवकुमार नेपाल पक्षका सांसदको राजीनामा रोक्नका लागि स्थायी कमिटी बैठक बालुवाटारमा बस्ने भएको छ।

यसै पनि अन्तरविरोधका कारण राजीनामा गराउने सांसदको संख्या १६ पुर्याउनका लागि कठिन भइरहेको बेला नेपालसँग अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले स्थायी कमिटी बैठकपछि वार्ता गर्ने तयारी गरेको बालुवाटार स्रोतले जनाएको छ।

उता वार्ताको वातावरण मिलाउनका लागि अर्थमन्त्री तथा एमाले नेता विष्णु पौडेल नेपाल निवास पुगेका थिए।

प्रतिक्रिया