रौतहट र धनगढीमा थप तीन-तीन जना संक्रमितको मृत्यु


रौतहट – रौतहटमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणका थप तीनजनाको मृत्यु भएको छ । गौरमा रहेको अस्थायी भिड अस्पतालमा उपचारका क्रममा तीनजनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा गरुडा नगरपालिका-४, बौधीमाई नगरपालिका-२ र राजदेवी नगरपालिका–२ का एक/एक जना पुरुष रहेको जिल्ला अस्पताल गौरले जनाएको छ । योसँगै कोरोना संक्रमणबाट रौतहटमा ज्यान गुमाउनेको सँख्या २६ पुगेको छ ।

यसैगरी, धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत थप तीनजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

अस्पतालका सूचनाअधिकारी दीलिपकुमार श्रेष्ठले पछिल्लो २४ घण्टामा थप तीनजना संक्रमितको मृत्यु भएको जानकारी दिए । उनीहरु सबै धनगढीकै बासिन्दा हुन् ।

धनगढी उपमहानगरपालिका-३ का ५० वर्षीय पुरुष, वडा नम्बर ३ कै ५४ वर्षीय पुरुष र वडा नम्बर १२ की ३५ वर्षीया महिलाको मृत्यु भएको श्रेष्ठले बताए । उनकाअनुसार पछिल्लो २४ घण्टामा अस्पतालमा उपचाररत ११ जना कोरोना संक्रमण मुक्तभएर घर फर्किएका छन् भने थप ५ जना भर्ना भएका छन् ।

 

प्रतिक्रिया