

विधानविपरीत कार्य गर्नबाट रोक्न प्रधानमन्त्रीलाई पदमुक्त गर्नु आवश्यक : भीम रावल

काठमाडौं – नेकपा एमालेका नेता भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टी विधानविपरीत र अलोकतान्त्रिक कार्य गर्नबाट रोक्न सांसद पदबाट राजीनामा दिनुपर्ने बताएका छन् ।
‘असाधारण समस्याको समाधान गर्न असाधारण पाइला चाहिन्छ,’ उनले ट्वीटरमा लेखेका छन्, थप राष्ट्रिय हित, पार्टी विधानविपरीत र अलोकतान्त्रिक कार्य गर्नबाट प्रम केपीलाई रोक्न पदमुक्त गर्नु आवश्यक छ। त्यसका लागि हामीले सांसद पदबाट राजीनामा गरी स्थिति निर्माण गर्नुपर्छ। यो राजनीतिक नैतिकता र कानूनी दृष्टिले धेरै उचित छ।’
एमालेको माधव नेपाल पक्षभित्र सामूहिक राजीनामा चर्चा चलिरहेका बेला रावलले पनि राजीनामा दिनुपर्ने मत सार्वजनिक गरेका हुन् ।

