सोह्रखुट्टेस्थित माओवादी नेताको होटलमा जुवाखाल, युवतीहरुसहित २५ जुवाडे पक्राउ


काठमाडौँ – प्रहरीले २५ जना जुवाडेलाई काठमाडौँबाट पक्राउ गरेको छ। प्रहरीले मंगलबार १० लाख ९७ हजार नगदसहित २५ जना जुवाडेहरू पक्राउ गरेको हो। जुवाको खालबाट पक्राउ पर्नेमा युवतीहरू पनि छन्।

विशेष सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीको टोलीले काठमाडौं महानगरपालिका–१६ सोह्रखुट्टेस्थित बहतीपोखरीमा माओवादी केन्द्र निकट मजदुर नेता पिताम्बर गौतमले सञ्चालन गरेको फेवा दर्शन होटलबाट २५ जना जुवाडेलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा काठमाडौं–१६ बस्ने होटल सञ्चालक पिताम्बर गौतम, भारतको ओडिसा घर भइ काठमाडौंको लगनटोल बस्ने ४८ वर्षीय कानु प्रधान, ३७ वर्षीया रञ्जना ढकाल, काभ्रेको बनेपा घर भइ काठमाडौंको नयाँबजार बस्ने ४७ वर्षीय पुरुषोत्तम न्यौपाने रहेका छन्।

यस्तै महोत्तरी लोरपटीका ३८ वर्षीय मनोजकुमार मण्डल बझाङ दुर्गाथली गाउँपालिका– ७ घर भइ स्वयम्भू बस्ने २६ वर्षीय उमेश विक, काभ्रे पाँचखाल–३ घर भइ सीतापाइला बस्ने ४५ वर्षीय विजय काकसर््, चितवन भरतपुर–११ घर भइ काठमाडौं–७ बस्ने ४७ वर्षीय जगतबहादुर गुरुङ, मोरङकानेपोखरी गाउँपालिका–२ भर भइ काठमाडौं–२६ बस्ने ४० वर्षीय नवीन्द्रकुमार गुरुङ पनि जुवाखालबाट पक्राउ परेका छन्।

त्यसैगरी सिन्धुपाल्चोक घर काठमाडौं–४ बस्ने ५ वर्षीय ज्योतीप्रकाश श्रेष्ठ, मकवानपुरको टिष्टुङ घर भइ काठमाडौं चन्द्रागिरी बस्ने ३७ वर्षीय बिर्खबहादुर थिङ पनि पक्राउ परेका छन्।

धादिङको रोराङ गाउँपालिका–२ घर भइ काठमाडौं–२९ बस्ने ३५ वर्षीय पदमबहादुर तामाङ, ललितपरको लगनखेल बस्ने ४२ वर्षीय शंखर माली, भक्तपुरको चाँगुनारायण बस्ने ४० वर्षीय रामेश्वर गौतम, मकवानपुरको हेटौंडा घर भइ काठमाडौंको म्हेपी बस्ने २६ वर्षीय रामकृष्ण वाइवा पनि पक्राउ परेका छन्।

दोखलाको जिरी–७ घर भइ काठमाडौं–१६ बस्ने २८ वर्षीय छिरिङ शेर्पा, काभ्रेको रोशी गाउँपालिका–१ घर भइ काठमाडौं–६ बस्ने ३३ वर्षीय मिनसाङ लामा, ललितपुर महानगरपालिका–४ बस्ने ३० वर्षीय अनिल सेढाइ, काठमाडौंको तार्केश्वर–११ बस्ने ५५ वर्षीय राम अधिकारीलाई पनि प्रहरीले पक्राउ गरेको जनाएको छ।

मुगु घर काठमाडौं–४ बस्ने ३७ वर्षीय तेञ्जिङ लामा, काठमाडौं–१६ बस्ने ३८ वर्षीय ग्यालछेल लामा, नवलपरासीको बर्दघाट–१२ घर भइ काठमाडौं–२६ बस्ने ३५ वर्षीय छिरिङ लामा, ललितपुर लुभु बस्ने ३८ वर्षीया ज्योती थापा र सल्यान कालिमाटी गाउँपालिका–३ भर भइ काठमाडौं नागार्जुन–३ बस्ने ४० वर्षीय बलबहादुर राउत पनि जुवा खालबाट पक्राउ परेका छन्।

पक्राउ परेकाहरूको साथबाट ३० बुक तास, तास खेल्न प्रयोग गरिएको ५० वटा क्वाइन समेत बरामद गरिएको काठमाडौं प्रहरीका एसएसपी अशोक सिंहले जानकारी दिए।

पछिल्लो समय जारी निषेधाज्ञाको कारण घरमै बस्दाबस्दै दिक्क भएपछि काठमाडौं उपत्यकाभित्र जुवाको ठूलो अवैध धन्दा चल्दै आएको छ। प्रहरीले यसरी नै विशेष सूचनाको आधारमा बेला–बेला छापा हानेको छ।

प्रतिक्रिया