कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा भन्छन्– ९० प्रतिशत ठिक भइयो


काठमाडौं– नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले आफ्नो स्वास्थ्यमा ९० प्रतिशत सुधार आएको जानकारी दिएका छन्।

उनले सामाजिक सञ्जालमार्फत पत्नी र छोरीको स्वास्थ्यमा पनि सुधार देखिएको बताएका छन्।

कोरोना भाइरस संक्रमण भएका उनले जीउ दुखाईदेखि ज्वरोसम्म आएको जानकारी दिए पनि स्वास्थ्य अनुशासनका कारण निमोनिया नबढेको, ज्वरो १०१ डिग्री नकटेको बताएका छन्।

खोकी चलिरहे पनि अक्सिजन लेभल मेन्टेन भएको उनले जानकारी दिएका हुन्।

प्रतिक्रिया