हेलिकप्टरको जरुरत परेमा यी नम्बरमा सम्पर्क गर्न सकिन्छ


काठमाडौं – कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथामको लागि सरकारले निषेधाज्ञा जारी गरेसँगै हवाइ उडानहरु समेत प्रभावित भएको छ। बुधबार रातिदेखि अन्तर्राष्ट्रिय उडान समेत बन्द हुने भएको छ।

कोरोनाको कारण समयमा उपचार नपाएर मानवीय क्षति भइरहेको छ। दुर्गम जिल्लाहरुमा राम्रो अस्पताल समेत छैन, उपचार त परैको कुरा। त्यसैले अतिआवश्यक परेको अवस्थामा केही हेलिकोप्टहरु ‘स्ट्यान्डबाइ’ राखिएको छ।

कोरोनाको बिरामीहरुलाई मध्यनजर गर्दै श्री एयरलाइन्स, सिम्रिक एयर, मनाङ एयर, हेली एम्बुलेन्स, माउन्टेन एयर, कैलाश एयर, प्रभु एयर, फिस्टेल एयर र लाङटाङ एयरको हेलिकोप्टरहरु स्ट्यान्डबाइ रहेको छ।

श्री एयरलाइन्सको हेलि आवश्यक परेका ९८०२३०००२३ नम्बरमा सम्पर्क गर्न सकिनेछ। त्यस्तै सिम्रिक एयरको लागि ०१४१५५३४१, ९८५१०१०६९९, मनाङ एयरको लागि ९८०११८०४६३, ९८०११८०४६० नम्बरमा सम्पर्क गर्न सकिन्छ।

त्यस्तै हेली एम्बुलेन्सको लागि ९८६०९३९९९५, माउन्टेन एयरको लागि ९८५१०२३८०६, कैलाश एयरको लागि ९८५१०३००१३, प्रभु एयरको लागि ९८०११२०३७९, फिस्टेल एयरको लागि ०१४११२२३० र लाङटाङ एयरको लागि ९८०१०८९८४२ नम्बरमा सम्पर्क गर्न सकिन्छ।

प्रतिक्रिया