सय ट्रान्सजेन्डरसँग नाँचे अक्षय कुमार


मुम्बई(एजेन्सी)– अभिनेता अक्षय कुमारको फिल्म ‘लक्ष्मी’को गीत ‘बम भोले’ आम दर्शकले दिनानुदिन मनपराइरहेका छन् । अक्षय यो फिल्ममा एक ट्रान्सजेन्डरको भूमिकामा अभिनय गर्दैछन् र फिल्मको ट्रेलरमा उनको भूमिकालाई अपनाउन सक्ने क्षमताका कारण उनको तारिफ पनि निकै भइरहेको छ । यो गीतको विशेष कुरा के छ भने फिल्ममा अक्षयले सय ट्रान्सजेन्डरसँग नृत्य गरेका छन् । यो गीतको कोरियोग्राफी गणेश आचार्यले गरेका हुन् ।

फिल्मको पहिलो गीत ‘बुर्ज खलीफा’लाई पनि दर्शकले निकै मनपराएका छन् । यसमा अभिनेत्री किआरा आडवाणी पनि देखिएकी छन् ।

ट्रान्सजेन्डर अखाडा महामंडलेश्वर लक्ष्मीनारायण त्रिपाठी शुरुवाती समयदेखि नै फिल्मलाई लिएर सकारात्मक छिन् । अक्षयले कपिल शर्माको शोमा लक्ष्मीका साथ गएर फिल्मको प्रमोसन गरेका थिए । यती मात्र होइन, लक्ष्मीनारायण अक्षयको फिल्मको मार्केटिङ पनि गरिरहेकी छन् । यो फिल्म दिवालीमा रिलिज हूँदैछ ।

यो फिल्म आगामी नोभेम्बर ९ मा ओटीटी प्लेटफर्मको डिज्नीहट स्टारमा रिलिज हुनेछ । सन् २०२० मा रिलिज हुने यो नै अक्षयको पहिलो फिल्म हुनेछ ।

प्रतिक्रिया