
प्रियंका कार्कीको ‘नौटंकी’
काठमाडौं– आमा बन्न लागेकी अभिनेत्री प्रियंका कार्की अहिले कतिपय तस्बिरका कारण ट्रोल बन्न थालेकी छन्।
हालै मात्र उनले सामाजिक सञ्जालमा जारी गरेको जुस पिउँदै गरेको तस्बिरका कारण उनको आलोचना भएको हो। गर्भवती अवस्थामा रहेकी उनले आफ्नो पेटमा पेन्टिङ गरी जुस पिएको तस्बिरमा उनका समर्थकले नै आलोचना गर्दै ‘नौटंकी’ भनेका छन्।
केही समयअघि मात्र आमा बन्न लागेको खबरसहित तस्बिर सार्वजनिक गरेकी उनले पछिल्लो पटक नयाँ तस्बिर सार्वजनिक गरेपछि ट्वीटर चलाउने एक युवती भावना घिमिरे लेख्छिन्,‘प्रियंका दिदीले नौटंकी देखाइन्, नेक्स्ट लेभलको नौटंकी। कसैले नबोकेको भुँडी जस्तो ताल परे हामी पनि ब्या नगरी भुँडी देखाइदिन सक्छौं।’
प्रियंकाले भने उक्त तस्बिर इन्स्ट्राग्राममा राख्दै लक डाउन चिलिङ भनेकी छन्।




कागजपत्र |
