लगानी कोष व्यवस्थापनको लागि पुर्वाधार बनाउन पाँच संस्थालाई स्वीकृति


काठमाडौं – नेपाल धितोपत्र बोर्डले पाँच वटा संगठित संस्थालाई विशिष्टिकृत लगानी कोष स्थापना र संचालन गर्न, कोष व्यवस्थापकको अनुमति प्रदान गर्न पुर्वाधार तयारका लागि सूचीत गरेको छ ।

विशिष्टिकृत लगानी कोष नियमावली, २०७५ बमोजिम विशिष्टीकृत लगानी कोषको स्थापना र संचालन गर्न कोष व्यवस्थापकको रुपमा अनुमतिपत्र प्राप्त गर्न नौ संगठित संस्थाले निवेदन दिएकोमा बोर्डले ५ वटालाई पुर्वाधार तयार गर्न सूचीत गरेको हो ।

बोर्डले ग्लोवल इक्विटी फण्ड प्रा. लि., लक्ष्मी क्यापिटल मार्केट लि., एनआइविएल एस क्यापिटल लि., एनआइसी एशिया क्यापिटल लिस र एनएमबी क्यापिटल लि।लाई कोष व्यवस्थापकको रुपमा अनुमति प्रदान गर्न आवश्यक पूर्वाधार तयार गर्न स्वीकृति दिएको छ ।

नेपालमा पहिलो पटक विशिष्टिकृत लगानी कोषको स्थापना तथा संचालन गर्नका लागि यस्ता व्यवस्थापकलाई अनुमति प्रदान गर्न लागिएको हो ।

प्रतिक्रिया