

बैंक तथा वित्तमा एक चौथाइ कर्मचारी राखेर काम गर्न सिफारिस

काठमाडौं – कोरोनाका कारण लागू गरिएको निषेधाज्ञामा कडा बनाउने निर्णय सँगै बैंक तथा वित्त संस्थामा एक चौथाई कर्मचारी राखेर का गर्न सीसीएमसीले सिफारिस गरेको छ ।
कोरोना भाइरसको जोखिम बढे सँगै निषेधाज्ञा लागू भएका जिल्लामा थप कडाइ गर्ने निर्णय कोभिड संकट तथा व्यवस्थापन केन्द्रले गरेको छ ।
त्यस्तै भारत सँगका २२ वटा नाका बन्द गर्न सीसीएमसीले सरकार समक्ष सिफारिस गरेको छ । सरकारले सिफारिस लागू गरे भारत सँगका १३ वटा नाका भने खुला हुने छन्

