

एनआईबिएल एस क्यापिटलको म्युचुअल फण्ड निस्कासन

काठमाडौं – आजबाट नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको सहायक कम्पनी एनआईबिएल एस क्यापिटलको एनआईबिएल समृद्धि फण्ड २ नामको म्युचुअल फण्ड निस्कासन भएको छ ।
यस अघि दुई वटा बन्दमुखी र एउटा खुल्लामुखी म्युचुअल फण्ड संचालन गर्दै आएको कम्पनीको यो चौथो योजना हो । नयाँ योजनाको आकार १ अर्ब २० करोड छ ।
म्यअुअल फण्डको प्रबन्धक एनआइबिएल एस क्यापिटलले नयाँ योजना पनि लगानीकर्ताहरुका लागि आकर्षक अबसर हुने जनाएको छ । एनआईबिएल समृद्धि फण्ड १ ले अहिले सम्म लगानीकर्तालाई ६३।५ प्रतिशत नगद लाभांश वितरण गरिसकेको छ ।
यस योजनाको ७ बर्ष अवधि पूरा भई बन्द गर्दा लगानीकर्तालाई ५५ प्रतिशतसम्म फिर्ता गर्न सकिने अबस्था रहेको क्यापिटलले जनाएको छ।

