सेलिब्रेटीलाई नवाजुद्दीनको आग्रहः कोरोनाकालमा छुट्टीको फोटो सेयर गरेर थप दुखि नबनाऊ!


काठमाडौं – भारतमा कोरोना महामारीका कारण मानिसहरुको मृत्यु भइरहेका बेला बलिवुड सेलिब्रेटी छुट्टी मनाउन विदेश गएपछि उनीहरुको आलोचना भइरहेको छ । मायानगरी मुम्बईमा पनि कोरोना संक्रमण बढेपछि अहिले फिल्मको शुटिंग रोकिएको छ भने कैयौं कलाकार पनि संक्रमित भएका छन् ।

तर केहि कलाकार माल्दिभ्स जस्ता पर्यटकीय देशमा छुट्टी मनाएका तस्वीर सामाजिक संजालमा सेयर गरिरहेको पाइएपछि उनीहरुको आलोचना भइरहेको छ । आलोचना गर्नेमा बलिवुड सेलिब्रेटी नै अगाडी आएका छन् । अभिनेता नवाजुद्दीन सिद्दिकीले बलिवुड सेलिब्रेटीले माल्दिभको तमाशा बनाएको आरोप लगाएका छन् ।

उनले एक म्यागजिनमा अन्तर्वार्ता दिदै सबैले यस्तो मुश्किल समय भोगिरहेका बेला तपाइँ कसरी छुट्टि मनाएको तस्वीर सेयर गर्न सक्नुहुन्छ भन्दै प्रश्न गरेका छन् । मानवीयताको नाताले पनि यस्ता तस्वीर सेयर नगर्न नवाजले बलिवुड सेलिब्रेटीहरुलाई आग्रह गरेका छन् ।

कोरोनाको मुश्किलको अवस्थामा आफुले खुशी मनाएको तस्वीर सार्बजनिक गरेर थप दुखि नबनाउन अपिल गरेका छन् । नवाजले भनेका छन्, ‘हामीले मनोरन्जन दिन्छौं । हामीलाई कैयौं मानिसहरुले फलो गर्छन । यस्तोमा हामीले आफ्नो जिम्मेवारी निभाउनु पर्छ । नवाजभन्दा अगाडी अभिनेत्री श्रुति हसन र शोभा डेले पनि यस्तो बेला आफ्नो छुट्टीको तस्वीर सार्बजनिक गर्न आग्रह गर्दै आलोचना गरेका थिए ।

प्रतिक्रिया