
नेपाली सेनाले आठै पृतना किन खारेज गर्दैछ?
काठमाडौं– नेपाली सेनाले उपत्यकासहित ७ प्रदेशमा रहेका पृतना साउनदेखि खारेज गर्ने निर्णय गरेको छ।
नयाँ संगठनात्मक संरचनामा जाने सेनाको प्रस्तावअनुसार नै मन्त्रिपरिषदले गएको फागुनमा स्वीकृति दिएपछि आर्थिक बर्षको सुरुवातदेखि पृतनाहरु खारेज गर्न लागिएको उच्च सैनिक अधिकारीले बताए।
पृतना खारेज गरी चार कमान्डका आधारमा सेनाले संगठनात्मक ढाँचा बनाउनेछ। यसलाई उपत्यकामा एक सहित ७ प्रदेशका ७ वटा पृतनालाई तीन कमान्डमा राखिने भएको हो।
ती चारै कमान्डको नेतृत्व उपरथीले नै गर्नेछन्। सैनिक स्रोतका अनुसार संगठनलाई अझ छरितो हिसाबले सञ्चालन गर्ने प्रधानसेनापति पूर्णचन्द्र थापाको प्रस्तावमा आधारमा नै नयाँ संरचनामा जान लागिएको हो।



कागजपत्र |
