नेपालसहित २७ सांसदलाई एमालेले सोधेको स्पष्टिकरणविरुद्ध रिटको सुनुवाई आज, के गर्ला सर्वोच्चले?


काठमाडौं– नेकपा एमालेका अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले नेता माधवकुमार नेपालसहित उनी पक्षीय २७ जना प्रतिनिधि सभा सदस्यलाई सोधिएको स्पष्टिकरणविरुद्ध रिटको पेशी आजका लागि तोकिएको छ।

सर्वोच्चले आज नै उक्त रिटमाथि सुनुवाई गर्ने बताइन्छ। ओलीले पार्टी विधानविपरित स्पष्टिकरण सोधेको र सांसद पद निलम्बन गर्न लागेको भन्दै त्यस्तो अधिकार नरहेको भनी सर्वोच्चमा उत्प्रेषणसहितको अन्तरिम आदेश दिन माग गरिएको छ।

ओलीले पार्टी हित विपरित समानान्तर गतिविधि गरेका कारण संघीय सांसदको पदमा किन राख्नुपर्ने भनी प्रश्न गर्दै स्पष्टिकरण सोधेका थिए। १० वैशाखमा बालुवाटारमा भएको एमाले महाधिवेशन आयोजक कमिटीले २७ जनाबारे निर्णय नलिए पनि कर्णाली प्रदेशमा फ्लोर क्रस गर्ने नेता प्रकाश ज्वालासहित चार जनालाई निस्काष्न गरेको थियो।

प्रतिक्रिया