भारतमा एकैदिन साढे ३ लाखमा कोरोना संक्रमण, २७६१ जनाको मृत्यु
काठमाडौं – छिमेकी मुलुक भारतमा कोरोना भाइरस संक्रमितको संख्यामा नयाँ रेकर्ड कायम भएको छ ।
पछिल्ला केही दिन यता दैनिक नयाँ रेकर्ड कायम हुँदै आएको भारतमा पछिल्लो २४ घण्टामा मात्र करिव साढे तीन लाखमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा थप ३ लाख ४९ हजार ३१३ जनामा संक्रमण भएको छ । २४ घण्टामा संक्रमण पुष्टि हुनेको यो संख्या भारतमा अहिलेसम्मकै धेरै हो ।
यसअघि शनिबार वैशाख ११ मा भारतमा दोस्रो धेरै घण्टामा थप ३ लाख ४५ हजार १४७ जनामा संक्रमण भएको थियो ।
पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या १ करोड ६९ लाख ५१ हजार ७६९ पुगेको छ ।
यो समाचार तयार पार्दासम्म भारतमा १ करोड ४० लाख ७८ हजार ८१ जना संक्रमणमुक्त भएका छन् । अब भारतमा सक्रिय संक्रमितको संख्या २६ लाख ८१ हजार ३७८ छ ।
यस्तै भारतमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ९२ हजार ३१० पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ थप २ हजार ७६१ जनाको मृत्यु भएको छ ।