दाबा लामाले निलेको ९ सय ग्राम खैरो हिरोइन प्रहरीले यसरी निकाल्यो


काठमाडौं– खैरो हिरोइनका क्याप्सुल निलेका एक नेपाली त्रिभुवन विमानस्थलबाट पक्राउ परेका छन् ।

पाकिस्तानबाट एयर अरेबिया एयरलाइन्सबाट सारजाह हुँदै आएका धादिङ जिल्ला खनियाबास गाउँपालिका–१ स्थायी घर भएका ४९ वर्षीय दावा लामा तामाङ पक्राउ परेका हुन् ।

तामाङलाई प्रहरीले पक्राउ गरी प्रहरी अस्पतालमा लगेर सिटि स्क्यान गर्दा पेटमा क्याप्सुलहरु देखिएकोले अस्पतालमा नै राखी दिशाबाट ९३ वटा क्याप्सुल निकालेको थियो । त्यसपछि ती क्याप्सुलको तौल गर्दा ९० लाख रुपैयाँ बराबरको ९ सय ग्राम खैरो हेरोइन र ३ सय अमेरिकी डलर, एक थान राहदानी बरामद गरेको थियो ।

साथै उनीसँग संलग्न रहेको आशंकामा धादिङ सत्यदेवीकी काइली, माया, फुलमाया, कालीमाया, देवीमाया भनिने ५९ वर्षीया गोपी तामाङ, रुबी भ्यालीकी ४५ वर्षीया होनी माया तामाङ र लमजुङ जिल्ला मस्र्याङ्दी गाउँपालिकाका ४२ वर्षीय वयसबहादुर गुरुङलाई समेत पक्राउ गरेको प्रहरीले जनाएको छ । उनीहरुको थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

दावा यसअघि लागूऔषध मुद्दामा ५  वर्ष कैद भुक्तान गरी निस्किएका व्यक्ति हुन भने गोपी पनि पटकपटक सोही मुद्दामा जेल परेकी व्यक्ति रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया