

जसपा पनि विभाजनको लयमा, महन्थले गरे पूर्वराजपा सांसदसँग अलग बैठक

काठमाडौं– जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले विहीबार पूर्व राष्ट्रिय जनता पार्टीका सांसदको बैठक सिंहदरबारमा गरेका छन्।
उक्त बैठकमा तत्कालिन संघीय समाजवादी पार्टीका सांसदलाई डाकिएको छैन भने प्रधानमन्त्री केपी शर्मा ओलीको विरोधमा रहेका पूर्वराजपाकै महेन्द्र राय यादवलाई बोलाइएको छैन।
सरकारलाई समर्थन दिने वा विकल्पमा जाने भन्ने विषयमा जसपाभित्र विवाद छ। उपेन्द्र यादव पक्षले भने ओली सरकारको विकल्पमा जानुपर्ने अडान राखेकै बेला ठाकुरको यो बैठक जसपा विभाजनको लयमा हिँडेको अर्थमा व्याख्या गरिएको छ।
लुम्बिनी प्रदेशमा जसपाका सांसदलाई कारबाही गरिएपछि जसपाभित्रको विवाद चरम भएको छ।

