ओली–नेपाल भेटवार्ताः ‘कालो बादलमा चाँदीको घेरा भेटियो’


काठमाडौं – नेकपा एमालेका सचिव तथा पूर्वमन्त्री गोकर्ण बिष्टले बुधबार पार्टी अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेता माधवकुमार नेपालबीच भएको भेटवार्ता ‘कालो बादलमा चाँदीको घेरा भेटिएझैं’ भएको टिप्पणी गरेका छन्।

लामो समयको संवादहीनता तोड्दै बुधबार साँझ प्रधानमन्त्री समेत रहेका ओली र बरिष्ठ नेता नेपालबीच नक्सालस्थित पाँचतारे होटल मेरियटमा दुई घण्टा लामो भेटवार्ता भएको थियो। सो भेटबाट पार्टी कार्यकर्तामा आशा पलाएको पनि विष्टको भनाइ छ।

बिहीबार बिहान सामाजिक सञ्जाल फेसबुकमा बिष्टले जस्तोसुकै कठिन परिस्थितिमा पनि संयम, धैर्य र इमान्दार प्रयत्नले समस्याको समाधान सम्भव रहेको बताउँदे पार्टी एकतालाई जोगाउन संकल्प गर्न अपिल समेत गरेका छन्। ‘हेक्का राखौं, समय र समुन्द्रको छालले कसैलाई पर्खंदैन्,’ उनले लेखेका छन्।

दुई नेताबीचको भेटवार्ता सकारात्मक दिशामा रहेको बताइएको छ। यद्यपी दुवै नेताले अहिलेसम्म केही प्रतिक्रिया समेत दिएका छैनन्।

हिजो साँझ पार्टी अध्यक्ष कमरेड केपी शर्मा ओली र वरिष्ठ नेता कमरेड माधव नेपालबिच छलफल भएको छ । कालो बादलमा चाँदीको घेरा…

Posted by Gokarna Bista on Wednesday, April 21, 2021

यो पनि पढ्नुहोस्…

प्रतिक्रिया