

नयाँ वर्षमा सुबिसुले ल्यायो ‘इन्टरनेट मस्त जीवन स्वस्थ’ योजना

काठमाडौं– नेपालको सुचना तथा संचार क्षेत्रमा अग्रणी केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी, सुबिसु केबलनेट प्रा. लि ले नयाँ वर्षको अवसरमा ग्राहकहरुका निम्ति ‘इन्टरनेट मस्त जीवन स्वस्थ’ अफर प्रस्तुत गरेको छ जसमा ग्राहकहरुले रु. एक लाखसम्मको निःशुल्क स्वास्थ बीमा प्राप्त गर्नेछन् ।
स्वस्थ जीवनको महत्वलाई ध्यानमा राख्दै कम्पनीले इन्टरनेट तथा इन्टरनेट र क्लियर टिभी सेवाको नयाँ जडान तथा नविकरणमा रु. एक लाखसम्मको निःशुल्क स्वास्थ्य बीमा प्रदान गर्ने भएको छ । सेवा २० एमपीपीएस भन्दा माथिको ब्यान्डवीथमा लागु हुनेछ ।
कम्पनीले स्वास्थ्य बीमाको लागि शिखर इन्स्युरेन्ससँग सहकार्य गरेको हो । यस अफर अन्तर्गत ग्राहकहरुले नेपाल र भारतमा उपचारार्थ रु. एक लाख सम्मको स्वास्थ्य बीमा प्राप्त गर्नेछन् ।
आकस्मिक स्वास्थ्य उपचारमा पर्न जाने आर्थिक भारलाई यसले धेरै हदसम्म निर्मुल पार्ने विश्वास लिइएको छ । अफर सिमित अवधीका लागि रहनेछ र शर्त तथा नियमहरु लागु हुनेछ ।

