

भारतीय नागरिकसहित अवैध कल बाइपासमा संलग्न २ पक्राउ

काठमाडौं – प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) ले अवैध अन्तर्राष्ट्रिय आगमन कल बाइपास (भीओआईपी) सञ्चालन गर्ने भारतीय नागरिकसहित दुई जनालाई प्रक्राउ गरेको छ ।
भारत पञ्जाब राज्यको जलान्धर जिल्ला सन्तोकपुरा–१ का ३१ वर्षीय राना शाह र रौतहटका ३३ वर्षीय स्यामुल खान भन्ने मोसलिम मियाँ अन्सारीलाई पक्राउ गरेको सिआइबीका प्रमुख सहकुल थापाले बताए।
अन्सारी बंगलादेशी मूलका नेपाली नागरिकताधारी भएको प्रहरीले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।
उनीहरुले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा कुनै पनि निकायबाट अनुमति नलिई गैरकानुनी रुपमा अन्तर्राष्ट्रिय आगमन कल बाइपास गर्ने उपकरणहरु राखेर चलाएको प्रहरी अनुसन्धानबाट खुलेको छ।।
चन्द्रागिरी नगरपालिका–२ स्थित बसण्डोलमा भाडा लिई बस्ने शाहको कोठामा भीओआईपी सञ्चालन गरिरहेको प्रहरीले फेला पारेको प्रमुख थापाले बताए।
उनीहरुको साथबाट ६४ र्पोटको जीओआईपी गेट वे, ल्यापटप, मोडियम, विद्युतीय तारबहरु, सिमकार्ड, मोबाइल फोन, रिचार्ज कार्ड लगायत सामग्री बरामद गरिएको छ।
उनीहरुमाथि दूरसञ्चार ऐन २०५३ अन्तर्गत अनुसनधान भइरहेको प्रहरीले जनाएको छ

