
काभ्रे बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या ८ पुग्यो
काठमाडौं – काभ्रेको बुचाकोटमा भएको बस दुर्घटनामा परेर मृत्यु हुनेको संख्या ८ पुगेको छ ।
बनेपाबाट रोशी गाउँपालिकाको खार्पाचोकतर्फ जाँदै गरेको बा.३ ख ८३९८ नम्बरको बस दुर्घटनामा ८ जनाको मृत्यु भएको हो ।
दुर्घटनामा परेर मृत्यु हुनेको संख्या ८ पुगेको प्रहरीले जनाएको छ । दुर्घटनामा परेर घाइते भएका १६ जनाको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।
नमोबुद्ध नगरपालिका–२ मा दुर्घटनामा परेको उक्त बस बिपी राजमार्गबाट करिब २ सय मिटर तल खसेको छ।
अरनिको यातायातको उक्त बसमा २५/३० जना सवार रहेको अनुमान गरिएको छ ।



कागजपत्र |
