टिकटकर तुलसा अधिकारी पुर्पक्षका लागि थुनामा


काठमाडौं-  ललितपुर जिल्ला अदालतले टिकटकर तुलसा अधिकारीलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ।

बिहीबार जिल्ला अदालत ललितपुरका न्यायाधीश टेकनाथ गौतमको इजलासले अधिकारीलाई थुनामा राखेर मुद्दाको थप सुनुवाइ अघि बढाउन आदेश दिएको हो।

कुमार चिमोरियाको जाहेरीका आधारमा दायर गरिएको उक्त मुद्दामा अधिकारीसहित १० जना प्रतिवादी रहेका छन्। प्रहरीले उनीहरूविरुद्ध आपराधिक लाभ, संगठित अपराध तथा सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) सम्बन्धी कसुरमा मुद्दा दायर गरेको छ।

अधिकारीमाथि करिब २१ करोड रुपैयाँ बराबरको सम्पत्तिको स्रोत खुलाउन नसकेको आरोप लगाउँदै सम्पत्ति शुद्धीकरणको अभियोग लगाइएको छ।

एक वर्षदेखि फरार रहेकी अधिकारीलाई गत जेठ १५ गते इन्टरपोलको सहयोगमा थाइल्यान्डबाट पक्राउ गरी नेपाल ल्याइएको थियो। अदालतको आदेशपछि उनलाई कारागार चलान गर्ने प्रक्रिया अघि बढाइनेछ।

प्रतिक्रिया