
विपक्षीको अवरोधपछि राष्ट्रियसभा बैठक भोलिसम्मका लागि स्थगित
काठमाडौं- राष्ट्रिय सभाको बैठक स्थगित गरिएको छ। प्रधानमन्त्री बालेन शाहको अभिव्यक्तिको विरोधमा विपक्षी सांसदहरूले उठेर अवरोध गरेपछि अध्यक्ष नारायणप्रसाद दाहालले बैठक स्थगित गर्ने घोषणा गरेका हुन्।
अध्यक्ष दाहालका अनुसार अब बैठक भोलि दिउँसो १२:१५ बजे बस्नेछ।
प्रतिनिधि सभामा सीमासम्बन्धी विषयमा प्रधानमन्त्री शाहले व्यक्त गरेको अभिव्यक्तिलाई लिएर विपक्षी दलहरूले राष्ट्रिय सभामा समेत विरोध जनाएका थिए। निरन्तर अवरोधका कारण आज दिउँसो १ बजेका लागि तय गरिएको बैठक सुरु हुन नसकेको हो।



कागजपत्र |
