रसुवामा बस चेकजाँच गर्दा ४३ हजार डलरसहित एक जना पक्राउ


रसुवा –  रसुवामा प्रहरीले ४३ हजार अमेरिकी डलरसहित एक जनालाई पक्राउ गरेको छ ।

जिल्लाको उत्तरगया गाउँपालिका–स्थित बेत्रावती बजार नजिक पासाङल्हामु सडक खण्डमा काठमाडौंबाट टिमुरेतर्फ जाँदै गरेको यात्रुबाहक बसमा चेकजाँच गर्ने क्रममा प्रहरीले ठूलो मात्रामा विदेशी मुद्रा बरामद गरेको हो ।

चेकजाँचका क्रममा बसमा सवार धादिङका ३७ वर्षीय सुशील गुरुङको साथबाट ४३ हजार अमेरिकी डलर फेला परेको प्रहरीले जनाएको छ ।

बरामद गरिएको रकमसहित गुरुङलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान विभागमा पठाइएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया