
डडेल्धुरामा घाँस काट्ने क्रममा लडेर शिक्षिकाको मृत्यु
डडेल्धुरा- डडेल्धुराको अजयमेरु गाउँपालिका–१ खतेडास्थित घनघस्या माध्यमिक विद्यालयमा कार्यरत बालविकास शिक्षिका लक्ष्मी भण्डारीको मृत्यु भएको छ ।
३७ वर्षीया शिक्षिका भण्डारीको आइतबार डालेघाँस काट्ने क्रममा लडेर निधन भएको हो । विद्यालयले सोमबार (जेठ ११ गते) एक दिन शोक बिदा दिएको जनाएको छ ।



कागजपत्र |
