
देउवाको पक्राउ पूर्जीविरूद्ध दायर रिट न्यायाधीशद्वय शर्मा र पाण्डेयको इजलासमा
काठमाडौं – पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको पक्राउ पुर्जीविरुद्ध दायर रिटको पेसी न्यायाधीशद्वय महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको इजलासमा तोकिएको छ ।
उक्त रिटमा यसअघि जेठ ५ गते न्यायाधीश मेघराज पोखरेलको इजलासले कारण देखाऊ आदेश जारी गरेको थियो । इजलासले १५ दिनभित्र लिखित जवाफ पेस गर्न सरकारको नाममा आदेश जारी गरेको थियो ।
अदालतले उक्त रिटमा अन्तरिम आदेश जारी गर्ने/नगर्ने विषयमा दुवै पक्षलाई आजका लागि बोलाएको थियो ।
देउवाको तर्फबाट दायर गरिएको रिटमा पक्राउ प्रक्रियालाई गैरकानुनी र अधिकारविपरीत भएको दाबी गरिएको छ । देउवाले अनुसन्धानमा सहयोग गर्न मन्जुर भएको, सम्पत्तिको स्रोत देखाउन तयार रहेको र पक्राउ गर्नुपर्ने अवस्था नरहेको जिकिर गरेका छन् ।
देउवा विरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले काठमाडौँ जिल्ला अदालतबाट पक्राउ अनुमति लिएको थियो । देउवा अहिले देश बाहिर रहेका छन् ।



कागजपत्र |
