
सशस्त्र प्रहरीका १३ डीएसपी बढुवाका लागि सिफारिस
काठमाडौं- सशस्त्र प्रहरी बल (एपीएफ) नेपालका साधारण समूहतर्फका १३ जना नायब उपरीक्षक (डीएसपी) लाई उपरीक्षक (एसपी) पदमा बढुवाका लागि सिफारिस गरिएको छ ।
बुधबार बसेको बढुवा समितिको बैठकले एसपी पदका लागि सिफारिस गरिएका अधिकृतहरूको नामावली सार्वजनिक गरेको हो ।
बढुवाका लागि सिफारिस हुनेहरूमा हरिबहादुर गुरुङ, दीपकराज बराल, गणेशबहादुर शाह, लभकुमार सापकोटा, सचिन कर्माचार्य, दीपकबहादुर कुँवर, किरणकुमार कठायत, दीपकबहादुर विष्ट, भुवनसिंह ठकुरी, रामचन्द्र थापा, जगतसिंह डागा, नवीन सिंह राई तथा पङ्कज पौडेल रहेका छन् ।
बढुवा समितिका सदस्य सचिव तथा डीआईजी दीपक अधिकारीद्वारा जारी सूचनाअनुसार माथिल्लो पदमा बढुवा नियुक्तिपछि रिक्त हुने पदमा उनीहरूलाई बढुवाका लागि सिफारिस गरिएको हो ।
सूचनामा सिफारिसउपर चित्त नबुझे प्रतिस्पर्धी उम्मेदवारहरूले सूचना प्रकाशित भएको मितिले सात दिनभित्र उजुरी सुन्ने समितिमा उजुरी दिन सक्ने व्यवस्था रहेको उल्लेख गरिएको छ ।



कागजपत्र |
