
चितवनमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु
चितवन- चितवनमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ।
भरतपुर महानगरपालिका-३ लायन्सचोक आलुमण्डीस्थित सडकमा आनन्दमार्गबाट लाचोकतर्फ आउँदै गरेको बा.९२ प ३१३१ नम्बरको मोटरसाइकल गएराति आफैँ अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा मोटरसाइकल चालक भरतपुर महानगरपालिका-४ बस्ने २१ वर्षीय अनिष कुमालको मृत्यु भएको हो।
दुर्घटनामा गम्भीर घाइते भएका उनको भरतपुर सरकारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
तीव्र गतिको कारण मोटरसाइकल दुर्घटना भएको अनुमान प्रहरीले गरेको छ।



कागजपत्र |
