सुरक्षा निकायका बन्दोबस्ती सामग्री स्वदेशमै उत्पादन गर्ने सरकारको नीति


काठमाडौं- सरकारले सुरक्षा निकायका लागि आवश्यक बन्दोबस्तीका सामानहरू स्वदेशमै उत्पादन गर्ने नीति अवलम्बन गर्ने घोषणा गरेको छ ।

आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेना तथा अन्य सुरक्षा निकायका सामग्री देशभित्रै उत्पादन गर्ने व्यवस्था गरिने बताएका हुन् ।

उनले बाह्य निर्भरतालाई क्रमशः घटाउँदै सुरक्षा सामग्री उत्पादनमा आत्मनिर्भर बन्ने लक्ष्य सरकारको रहेको उल्लेख गरे ।

त्यसैगरी सुरक्षा निकायको तालिम क्षमता तथा रणनीतिक दक्षता विस्तार गर्दै लैजाने नीति पनि सरकारले अघि सारेको छ ।

प्रतिक्रिया