
सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्ने सरकारको घोषणा
काठमाडौं – सरकारले सीमा विवादको समाधान कूटनीतिक माध्यमबाट गर्ने घोषणा गरेको छ ।
आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम संघीय संसद्मा प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सीमा सम्बन्धी विवाद कूटनीतिक पहलमार्फत समाधान गरिने बताएका हुन् ।
उनले नेपालले सन्तुलित कूटनीति अपनाउँदै छिमेकी तथा मित्र राष्ट्रहरूसँग बहुपक्षीय सम्बन्धलाई अझ सुदृढ बनाउने नीति लिएको जानकारी दिए ।
त्यसैगरी विदेशस्थित नेपाली नियोगमार्फत ‘ब्रान्ड नेपाल’ अभियान सञ्चालन गरिने पनि नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
पर्यटन पूर्वाधार विकासमा विदेशी लगानी आकर्षित गर्ने सरकारको लक्ष्य रहेको समेत राष्ट्रपति पौडेलले बताएका छन् ।



कागजपत्र |
