उच्च पदस्थ कर्मचारीको सम्पत्ति वार्षिक रूपमा सार्वजनिक गरिने


काठमाडौं-  सरकारले अब उच्च पदस्थ कर्मचारीको सम्पत्ति विवरण वार्षिक रूपमा सार्वजनिक गर्ने व्यवस्था लागू गर्ने भएको छ ।

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममार्फत सरकारले सुशासन र पारदर्शिता बढाउने उद्देश्यसहित यस्तो नीति लिएको हो ।

हालसम्म सरकारी कर्मचारीहरूले आफ्नो सम्पत्ति विवरण सम्बन्धित निकायमा मात्र बुझाउँदै आएका थिए, तर सार्वजनिक गर्ने प्रचलन भने थिएन ।

नयाँ व्यवस्थासँगै उच्च पदस्थ कर्मचारीको सम्पत्ति विवरण वार्षिक रूपमा सार्वजनिक गरिनेछ, जसले पारदर्शिता र जवाफदेहितालाई अझ मजबुत बनाउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया