
ठमेलमा एक युवकमाथि निर्घात कुटपिट, दुई पक्राउ
काठमाडौं- राजधानीको ठमेलस्थित गल्कोपाखा सडक–खण्डमा एक व्यक्तिमाथि मरणासन्न हुने गरी कुटपिट गरिएको घटना सार्वजनिक भएको छ। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा काभ्रेका २४ वर्षीय विशाल तामाङ र सिन्धुलीका ३१ वर्षीय होमबहादुर दलार्मी रहेका छन्। काठमाडौं प्रहरी परिसरको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईका अनुसार, बिहीबार बिहान करिब ६ बजे बाँकेका सागर सुनारमाथि निर्घात कुटपिट गरिएको थियो। कुटपिटबाट उनी गम्भीर घाइते भएका छन्।
प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।



कागजपत्र |
