
रोल्पा जिप दुर्घटना : १७ जनाको मृत्यु, उद्धार कार्य जारी
काठमाडौं- रोल्पाको थवाङस्थित जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ ।
रुकुमपूर्वबाट जलजलातर्फ जाँदै गरेको लु १ ज ४१६७ नम्बरको बोलेरो जिप करिब ८ सय मिटर तल भिरबाट खसेर दुर्घटनामा परेको प्रहरीले जनाएको छ।
दुर्घटनामा मृत्यु हुनेको संख्या १७ पुगेको पुष्टि गर्दै प्रहरीले घटनास्थलमा उद्धार कार्य जारी रहेको जानकारी दिएको छ।
जलजलामा वैशाख पूर्णिमाको अवसरमा लाग्ने मेलामा सहभागी हुनेहरूलाई बोकेको जिप दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।



कागजपत्र |
