रुपन्देहीमा ‘स्वीप अप्रेसन’, ४ घण्टामा ८३ जना नियन्त्रणमा


रुपन्देही –  जिल्लामा शान्ति सुरक्षा मजबुत बनाउन प्रहरीले सञ्चालन गरेको ‘स्वीप अप्रेसन’ तीव्र बनाइएको छ। आइतबार राति गरिएको विशेष अभियानमा मात्र ४ घण्टाभित्र ८३ जना नियन्त्रणमा लिइएका छन्।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब उपरीक्षक गणेश सापकोटाका अनुसार आइतबार साँझ ६ बजेदेखि राति १० बजेसम्म जिल्लाभर एकैसाथ चेकजाँच तथा अप्रेसन सञ्चालन गरिएको थियो। सो क्रममा शान्ति सुरक्षामा खलल पुर्‍याउने गतिविधिमा संलग्न रहेको आशंकामा ८३ जनालाई नियन्त्रणमा लिइएको हो।

यसअघि पनि शनिबार राति सञ्चालन गरिएको दुई घण्टाको अप्रेसनमा १०३ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। नियन्त्रणमा लिइएकामाथि आवश्यक अनुसन्धान भइरहेको छ।

प्रहरीले निरन्तर रूपमा यस्ता अप्रेसन सञ्चालन गर्दै आपराधिक गतिविधि नियन्त्रणमा कडाइ गरेपछि स्थानीयबासीमा सुरक्षा अनुभूति बढेको जनाएको छ।

प्रतिक्रिया