
होटलभित्र जबरजस्तीकरणी गरेकाे आरोपमा डडेल्धुराका युवक पक्राउ
धनगढी- धनगढीमा २० वर्षीया युवतीमाथि जबरजस्तीकरणी गरेको आरोपमा एक जना पुरुष पक्राउ परेका छन्।
डडेल्धुराको अमरगढी नगरपालिका–२ घर भई ३१ वर्षीय सुरेश अवस्थीलाई प्रहरीले पक्राउ गरेको हो। पीडित युवतीको उजुरीका आधारमा उनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
प्रहरीका अनुसार धनगढी उपमहानगरपालिका–४ स्थित संजोक होटलमा अवस्थीले ती युवतीमाथि जबरजस्तीकरणी गरेको आरोप छ। घटनाबारे उजुरी परेपछि जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) योगेन्द्र तिमिल्सिनाले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिएका छन्।



कागजपत्र |
