
४ अर्बभन्दा बढी अपचलन आरोपमा गोरखा सेभिङ्गका अध्यक्षसहित ४ पक्राउ
काठमाडौं- ललितपुरमा सञ्चालित गोरखा सेभिङ्ग एण्ड क्रेडिट सहकारीका अध्यक्षसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ। ताल्छिखेलस्थित उक्त सहकारीमा भएको ठगी तथा रकम अपचलनको आरोपमा उनीहरूलाई नियन्त्रणमा लिइएको हो।
उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी मनोहर भट्टका अनुसार पक्राउ पर्नेमा सहकारीका अध्यक्ष इमानसिंह राई, सीईओ लालबहादुर क्षेत्री र अबिनकुमार राई तथा लेखा समिति सदस्य कर्णबहादुर राई रहेका छन्।
उनीहरूलाई चैत १८ गते उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरी थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको प्रहरीले जनाएको छ। हाल ललितपुर प्रहरीले चार दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइरहेको छ।
प्रहरीका अनुसार आरोपीहरूले सहकारीका बचतकर्ताको करिब ४ अर्ब ५ करोड ६० लाख ६८ हजार रुपैयाँ अपचलन गरेको आरोप छ। उक्त सहकारीमा १० हजार ५९८ जना बचतकर्ता रहेको जनाइएको छ।



कागजपत्र |
