अमेरिकाको एफ–३५ लडाकु विमान खसालेकाे इरानको दाबी


काठमाडौं- इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी)ले शुक्रबार अमेरिकाको एक एफ–३५ स्टेल्थ लडाकु विमान खसालिएको दाबी गरेको छ। इरानका अनुसार जारी द्वन्द्व सुरु भएयता यो दोस्रो एफ–३५ विमान खसालिएको हो।

यसअघि पनि गत मार्च १९ मा इरानले यस्तै दाबी गरेको थियो। आईआरजीसीले उक्त विमान आफ्नै नयाँ र उन्नत हवाई रक्षा प्रणाली प्रयोग गरी खसालिएको जनाएको छ।

इरानी सञ्चारमाध्यमका अनुसार विमान पूर्ण रूपमा ध्वस्त भएको र शक्तिशाली विस्फोटका कारण पाइलट जीवित रहने सम्भावना अत्यन्त न्यून रहेको उल्लेख गरिएको छ।

यद्यपि, अमेरिकी सेन्ट्रल कमान्डले यसअघि यस्ता दाबीहरू अस्वीकार गर्दै आएको छ। पछिल्लो घटनाबारे भने अहिलेसम्म कुनै आधिकारिक पुष्टि भएको छैन।

प्रतिक्रिया