
महेश बस्नेत तत्काल पक्राउ नपर्ने
काठमाडौं- नेकपा एमालेका सचिव महेश बस्नेतविरुद्ध पक्राउ अनुमति माग गर्दै पेश गरिएको मिसिल जिल्ला अदालतले फिर्ता गरेको छ ।
धादिङकी शोभा पाठकले यसअघि तामेलीमा राखिएको मुद्दामा पुनः पक्राउ अनुमति माग गर्दै जिल्ला प्रहरी परिसर भद्रकालीमा निवेदन दिएकी थिइन् । सोही निवेदनका आधारमा प्रहरीले मिसिल तयार गरी अदालतमा पेश गरेको थियो ।
जिल्ला सरकारी वकिल कार्यालय स्रोतका अनुसार न्यायाधीश ध्रुव कार्कीको इजलासमा उक्त मिसिल पेश गरिएको थियो । तर अदालतले पक्राउ अनुमति दिन अस्वीकार गर्दै मिसिल फिर्ता गरेको जनाएको छ ।
पहिल्यै तामेलीमा राखिएको मुद्दामा पुनः पक्राउ अनुमति दिन नमिल्ने ठहर गर्दै अदालतले यस्तो निर्णय गरेको हो ।



कागजपत्र |
