यातायात कार्यालय एकान्तकुनाबाट १५ बिचौलिया पक्राउ


काठमाडौं-  यातायात व्यवस्था कार्यालय एकान्तकुनाबाट १५ जना बिचौलिया पक्राउ परेका छन् । सेवाग्राहीलाई हैरानी दिँदै ‘फास्ट ट्रयाक’मा काम गरिदिने भन्दै रकम असुली गर्ने गिरोहविरुद्ध प्रहरीले अपरेशन चलाएको हो ।

जिल्ला प्रहरी परिसर ललितपुर र प्रहरी वृत्त सातदोबाटोको संयुक्त टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । प्रहरीले दिएको जानकारीअनुसार बिचौलियाहरूले सेवाग्राहीलाई अनावश्यक दुःख दिँदै छिटो काम गरिदिने बहानामा रकम लिने गरेका थिए ।

यस्तो गतिविधिबारे पटक–पटक गुनासो आएपछि प्रहरीले विशेष अभियान सञ्चालन गरी उनीहरूलाई पक्राउ गरेको जनाएको छ ।

पक्राउ परेका सबैलाई प्रहरी वृत्त सातदोबाटोमा राखेर थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी तथा प्रवक्ता गौतम मिश्रले जानकारी दिए ।

प्रतिक्रिया