
रेखा शर्मालाई म्याद थपका लागि अदालत लगियो
काठमाडौं- लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई म्याद थपका लागि अदालतमा उपस्थित गराइएको छ । बालिकामाथि श्रम शोषण गरेको आरोपमा पक्राउ परेकी शर्मालाई जिल्ला सरकारी वकिल कार्यालयमार्फत जिल्ला अदालत काठमाडौं लगिएको हो ।
उनीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गए राति धुम्बाराहीस्थित निवासबाट पक्राउ गरेको थियो । यसअघि काठमाडौं महानगरपालिकाले २०८१ जेठ १४ गते शर्माको घरबाट एक बालिकाको उद्धार गरेको थियो ।
उक्त घटनापछि शर्माविरुद्ध अनुसन्धान भए पनि २०८१ माघको अन्तिम साता महान्यायाधिवक्ता कार्यालयले मुद्दा नचलाउने निर्णय गरेको थियो । तर पछिल्लो घटनाक्रमसँगै उनलाई पुनः पक्राउ गरी कानुनी प्रक्रिया अघि बढाइएको हो ।



कागजपत्र |
