निर्वाचनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका यी ६९ प्रहरीलाई गर्यो हेडक्वार्टरले पुरस्कृत (नामसहित)


काठमाडौं – प्रतिनिधि सभाको निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै प्रहरी प्रधान कार्यालयले २ जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी), ७ जना नायब महानिरीक्षक (डिआइजी), ७ जना वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) सहित कुल ६९ जना प्रहरी अधिकृत तथा कर्मचारीलाई पुरस्कृत गरेको छ।

प्रहरी महानिरीक्षक (आइजीपी) दान बहादुर कार्कीले कार्य विभागका एआइजी उमा प्रसाद चतुर्वेदीसहित ६९ जनालाई पुरस्कृत गरेका छन्। चतुर्वेदीकै नेतृत्वमा निर्वाचन केन्द्रित सुरक्षा रणनीति तयार पारिएको थियो, जसले देशभर शान्तिपूर्ण मतदान सम्पन्न गर्न सहयोग पुर्‍याएको थियो।

त्यसैगरी, उपत्यका प्रहरी कार्यालय रानीपोखरीका एआइजी ईश्वर कार्की पनि सम्मानित भएका छन्। काठमाडौं उपत्यकामा शान्तिपूर्ण र व्यवस्थित निर्वाचन सम्पन्न गराउन उनको भूमिका महत्वपूर्ण रहेको प्रहरीले जनाएको छ।

यस्तै कार्य विभागमै कार्यरत नायब महानिरीक्षक (डिआइजी) अरुण पौडेल पनि सम्मानित भएका छन्। निर्वाचनको सुरक्षालाई प्रभावकारी बनाउने क्रममा उनले उल्लेखनीय योगदान दिएको बताइएको छ।

त्यस्तै कोशी प्रदेश प्रहरी कार्यालय प्रमुख डिआइजी बिनोद घिमिरे, मधेस प्रदेश प्रहरी प्रमुख गोविन्द थपलिया, बागमती प्रदेश प्रहरी प्रमुख दिपक रेग्मी, गण्डकी प्रदेश प्रहरी प्रमुख दिपेन्द्र जिसी क्षेत्री, लुम्बिनी प्रदेश प्रहरी प्रमुख भुपेन्द्र बहादुर खत्री र सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख ओम राना पनि पुरस्कृत भएका छन्।

त्यसैगरी प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)हरुमा मुकुन्द मरासिनी, कृष्ण बहादुर पल्लीमगर, जनार्दन जिसी, सन्तोष कुमार भट्टराई, दयानिधी ज्ञवाली, भुवनेश्वर तिवारी र सुबास चन्द्र बोहोरा सम्मानित भएका हुन्।

यस्तै पुरस्कृत हुने प्रहरी उपरीक्षक (एसपी)हरुमा सिताराम रिजाल, सुमन कुमार तिमल्सिना, नरेशराज सुवेदी, सुधिरराज शाही, योगेन्द्र कुमार खड्का, अनुपम श्रेष्ठ, अङ्गुर जिसी, मनिषराज सापकोटा, बसुन्धारा खड्का, गोविन्द पुरी, बासुदेव पाठक, यादव ढकाल, दिपक श्रेष्ठ, युवराज खड्का, सुदीप राज पाठक, दधिराम न्यौपाने, पुष्पराज मल्ल, श्यामु अर्याल र दिपक भारती रहेका छन्।

त्यस्तै प्रहरी नायब उपरीक्षक (डिएसपी)हरुमा कौशल कुमार बुढाथोकी, द्वारिका प्रसाद घिमिरे, मनोज कुमार लामा, सुबास हमाल, किशोर लम्साल, सन्तोष निरौला, नरहरी अधिकारी, सरोज गिरी, सुगन्ध श्रेष्ठ, बिरेन्द्र वीर विश्वकर्मा, रुक बहादुर खड्का, जगदिश सिंह डागा, सुधिर राई, टेक बहादुर राउत, प्रकाश जबेगु, हिम बहादुर खत्री र दिवस बहादुर जिसी रहेका छन्।

यस्तै प्रहरी निरीक्षक (इन्स्पेक्टर)हरुमा अशोक मल्ल, बिरेन्द्र सिंह थापा, लक्ष्मी राज जोशी र दिनेश प्रसाद रिमाल रहेका छन्।

त्यस्तै वरिष्ठ प्रहरी नायब निरीक्षक (सई)हरु मदन सिंह धामी, सृजना खडका, सुबास खतिवडा, राम बहादुर गुरुङ र गणेश तामाङ थिङ पनि सम्मानित भएका छन्।

त्यसैगरी प्रहरी वरिष्ठ हवल्दार भक्त बहादुर एरी, हवल्दारहरु रेशम कुमार पेमी, चेतनाथ न्यौपाने, तोली बहादुर थापा, सहायक हवल्दारहरु कृष्णहरि कार्की, खिलराज मगर तथा प्रहरी जवानद्वय सुजन कार्की र गन्दिप बहादुर कार्की पनि पुरस्कृत भएका हुन्।

आइजी कार्कीका अनुसार निर्वाचन अवधिभर देशभर कडा सुरक्षा व्यवस्था मिलाउँदै मतदातालाई ढुक्क वातावरणमा मतदान गर्न सुनिश्चित गरिएको थियो। पुरस्कृत भएका सबै प्रहरी कर्मचारीहरूले आ–आफ्नो क्षेत्रमा जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्दै निर्वाचन सफल बनाउन महत्वपूर्ण योगदान पुर्‍याएको कार्कीले बताए।

सङ्गठनको नीति निर्देशनलाई अनुशासित, लगनशील, इमानदार र व्यावसायिक ढङ्गले पुरा गरेको भन्दै प्रहरी कर्मचारीहरूलाई १ हजार ९ सयदेखि २ हजार ५ सयसम्म नगद पुरस्कार प्रदान गरिएको छ ।

 

प्रतिक्रिया