
नगरकोटमा भ्लगरमाथि कुटपिट गर्ने व्यक्ति पक्राउ
काठमाडौं — नगरकोट जाने सडकमा दुई जना भ्लगरमाथि भएको कुटपिट प्रकरणमा संलग्न एक व्यक्ति पक्राउ परेका छन्। घटना सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा चर्को आलोचना भएपछि प्रहरीले ती व्यक्तिलाई नियन्त्रणमा लिएको हो।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय बाट खटिएको टोलीले कुटपिटमा संलग्न भक्तपुर चागुनारायण नगरपालिका–६ निवासी ४१ वर्षीय गणेशबहादुर तामाङलाई पक्राउ गरेको जनाएको छ।
केही दिनअघि नगरकोटतर्फ जाँदै गरेका दुई युवक (भ्लगर) माथि तामाङले बाटोमै कुटपिट गरेका थिए। उक्त घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरी सक्रिय भएर खोजी थालेको थियो।
प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।



कागजपत्र |
