
सी जिनपिङको पुस्तक जलाइएपछि सरकार सतर्क, कडा कारबाहीको निर्देशन
काठमाडौं– मोरङको बुढीगंगास्थित मनमोहन टेक्निकल इन्स्टिच्युटमा चिनियाँ राष्ट्रपति सी जिनपिङ द्वारा लिखित पुस्तक जलाइएको घटनाप्रति गृह मन्त्रालय ले गम्भीर ध्यानाकर्षण जनाएको छ।
मन्त्रालयले घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि कडा कानुनी कारबाही गर्न नेपाल प्रहरी लाई निर्देशन दिएको छ।
‘द गभर्नेन्स अफ चाइना’ नामक पुस्तक जलाइएको घटनापछि काठमाडौंस्थित चिनियाँ दूतावास ले परराष्ट्र मन्त्रालय मार्फत नेपाल सरकारको ध्यानाकर्षण गराएको थियो। त्यसपछि परराष्ट्र मन्त्रालयले गृह मन्त्रालयलाई आवश्यक कारबाहीका लागि पत्राचार गरेको जनाएको छ।
सोही आधारमा गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालय मोरङ र नेपाल प्रहरीलाई घटनामा संलग्न व्यक्तिको पहिचान गरी कानुनी दायरामा ल्याउन निर्देशन दिएको हो।
नेपाल–चीन सम्बन्धमा असर पार्न सक्ने संवेदनशील विषय भएकाले घटनालाई उच्च प्राथमिकतामा राखेर अनुसन्धान अघि बढाइएको स्थानीय प्रशासनले जनाएको छ।



कागजपत्र |
