१३ अंकले बढ्यो नेप्से परिसूचक


काठमाडाैं- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको सुधार देखिएको छ । आज नेप्से परिसूचक १३.५१ अंकले बढेर २ हजार ८१२.३४ विन्दुमा कायम भएको छ ।

आज ३४० कम्पनीको ३ करोड ४८ लाख ५२ हजार ७६० कित्ता शेयर १ लाख ६ हजार १४० पटक खरिद–बिक्री हुँदा १२ अर्ब ३ करोड ४४ लाख ६ हजार ३२८ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

आजको कारोबारमा बैंकिङ ०.८४, विकास बैंक ०.६४, जलविद्युत् १.५९, लगानी ०.६१, उत्पादन तथा प्रशोधन ०.२९ र म्युचुअल फन्ड ०.३६ प्रतिशले बढेको छ भने अरू सबै समूहको उपसूचक घटेको छ । वित्त ०.१९, होटल तथा पर्यटन ०.१७, जीवन बीमा ०.३१, लघुवित्त ०.२६, निर्जीवन बीमा ०.०३, व्यापार ०. २१ र अन्य समूह ०.१० प्रतिशतले घटेको छ ।

रिलाइन्स स्पिनिङ मिल्स लिमिटेड र सोलु हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै गुमाउनेमा भने एनआइसी एसिया ग्रोथ फन्ड– २ को शेयर मूल्य ४.७४ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरे रिदी पावर कम्पनी लिमिटेडको ५६ करोड ३७ लाख ६१ हजार ७२५ बराबरको शेयर किनबेच भएको छ । कारोबार भएका शेयर संख्याका आधारमा सबैभन्दा धेरै शिवश्री हाइड्रोपावर लिमिटेडको १९ लाख २३ हजार ७४ कित्ता शेयर किनबेच भएको छ ।

प्रतिक्रिया