
मिटरब्याज कारोबारी ५३ वर्षीया महिला काठमाडौंमा पक्राउ
काठमाडौं – अनुचित लेनदेन गरी मिटरब्याज लगाएको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले स्याङ्जाको हरिनास गाउँपालिकाकी ५३ वर्षीया शान्ति तिवारीलाई बिहीबार काठमाडौंबाट पक्राउ गरेको हो।
परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईका अनुसार तिवारीविरुद्ध अनुचित लेनदेन गरेको आरोपमा पाँच वटा जाहेरी दर्ता भएका छन्।
प्रहरीका अनुसार कविता सुब्बाले १७ लाख रुपैयाँ ऋण लिएकोमा तिवारीले ३१ लाख रुपैयाँ फिर्ता मागेको आरोप छ। यस्तै दिनेश खड्काले १५ लाख रुपैयाँ लिँदा २८ लाख रुपैयाँ फिर्ता मागिएको, पवित्रा घलेले दुई लाख रुपैयाँ लिँदा तीन लाख रुपैयाँ फिर्ता मागिएको आरोप छ।
त्यसैगरी नविना शाहीले १२ लाख रुपैयाँ लिँदा १४ लाख रुपैयाँ र दुर्गा हमालले ११ लाख रुपैयाँ लिँदा २८ लाख रुपैयाँ फिर्ता मागिएको आरोप लागेको प्रहरीले जनाएको छ।
प्रहरीले तिवारीलाई अनुसन्धानका लागि शुक्रबार अदालतमा पेस गर्ने तयारी गरेको जनाएको छ।



कागजपत्र |
