
छुटे दीपक मनाङे
काठमाडौं – गण्डकी प्रदेशका पूर्व सांसद दीपक मनाङे भनी चिनिने राजीव गुरुङले कैद सजाय भुक्तान गरेर छुटेका छन् ।
ज्यान मार्ने उद्योग दोषी ठहर भई डिल्लीबजार कारागार चलान भएका मनाङे कैद भुक्तान गरेर बुधबार छुटेका हुन् ।
चक्रे मिलन भनिने गुन्डा नाइके मिलन गुरुङमाथि विसं २०६१ वैशाख ३१ मा काठमाडौँको महाराजगन्जमा खुकुरी प्रहार गरेको अभियोगमा मुद्दामा पाँच वर्ष जेल सजाय सुनाइएका मनाङेले कैद भुक्तान गर्न बाँकी १ वर्ष ४ महिना कैद सजाय पूरा भएपछि छुटेका हुन् ।
मनाङेले पटक-पटक गरेर दुई वर्ष आठ महिना कैद भुक्तान गरिसकेका थिए ।
उच्च अदालत पाटनले पाँच वर्ष कैद सजाय हुने फैसलापछि मनाङेले कारागार बाहिर बसेर मुद्दा लड्ने सुविधा पाएका थिए ।
सर्वोच्च अदालतले २०८१ कात्तिक २० गते उच्च अदालत पाटनले गरेको फैसला सदर गरेपछि उनी २०८१ कात्तिक २७ गते पक्राउ परेका थिए ।
मनाङेले २० प्रतिशत कैद छुट पाएका छन् ।



कागजपत्र |
