ओखलढुङ्गामा झडप र गोली चलेको हल्ला असत्य : जिल्ला प्रहरी


ओखलढुङ्गा – ओखलढुङ्गामा झडप भएको तथा गोली चलेर एक जना घाइते भएको भन्ने समाचार असत्य रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले स्पष्ट पारेको छ।

सामाजिक सञ्जाल फेसबुकमार्फत एक सञ्चार माध्यमले गोली लागेर एक जना घाइते भएको खबर प्रसारण गरेपछि प्रहरीले त्यसमा कुनै सत्यता नभएको जनाएको हो।

प्रहरीका अनुसार हाल जिल्लाभर मतदान शान्तिपूर्ण वातावरणमा भइरहेको छ। निर्वाचनका क्रममा कुनै झडप वा गोली चल्ने घटना नभएको स्पष्ट पारिएको छ।

प्रशासनले सामाजिक सञ्जालमार्फत गलत अफवाह फैलाउने व्यक्तिको पहिचान गरी खोजी गरिने र आवश्यक कानुनी कारबाही गरिने पनि जनाएको छ।

प्रतिक्रिया