सर्लाहीको बलरामा रोकिएको मतदान पुनः सुरु


काठमाडौं- सर्लाहीको बलरा नगरपालिका–४ स्थित मतदान केन्द्रमा रोकिएको मतदान पुनः सुरु भएको छ।

बलरा–४ मा रहेको श्री प्राथमिक विद्यालयस्थित मतदान केन्द्रमा दुई पक्षका कार्यकर्ताबीच विवाद भएपछि केही समयका लागि मतदान रोकिएको थियो।

विवाद बढेपछि प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखसहित सुरक्षा निकायका अधिकारी घटनास्थलमा पुगेका थिए। उनीहरूले दुवै पक्षसँग छलफल गरी स्थिति सामान्य बनाएपछि मतदान पुनः सुरु गरिएको हो।

यो क्षेत्र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार अमरेशकुमार सिंहको पालिका हो। केहीबेरअघि उम्मेदवार सिंह पनि मतदान केन्द्रमा पुगेका थिए। विपक्षी पक्षले उनी पुगेपछि विवाद चर्किएको आरोप लगाएका छन्।

 

प्रतिक्रिया