
सर्लाहीको बलरामा विवादपछि मतदान स्थगित
काठमाडौं- सर्लाहीको बलरा नगरपालिका–४ स्थित एक मतदान केन्द्रमा दलका प्रतिनिधिबीच विवाद भएपछि मतदान स्थगित गरिएको छ।
बलरा–४ मा रहेको श्री प्राथमिक विद्यालय मतदान केन्द्रमा बिहानैदेखि कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिबीच विवाद सुरु भएको थियो। विवाद बढ्दै जाँदा दुवै पक्षबीच ढुंगामुढा समेत भएको स्थानीय स्रोतले जनाएको छ।
स्थिति तनावग्रस्त बनेपछि करिब आधा घण्टादेखि मतदान प्रक्रिया रोकिएको छ। घटनामा केही व्यक्ति घाइते भएको प्रहरीले जनाएको छ।
उक्त क्षेत्र रास्वपाका उम्मेदवार अमरेशकुमार सिंहको पालिका पर्ने क्षेत्र हो।
घटनापछि प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुखसहित सुरक्षा निकायका अधिकारी मतदान केन्द्रमा पुगेर स्थिति नियन्त्रणमा लिनुका साथै विवाद मिलाउने प्रयास गरिरहेका छन्।



कागजपत्र |
